
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०८० अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।
कम्पनीका अनुसार सुनसरीका ईन्द्रप्रसाद गुरागाईँ उक्त अफरको विजेता बनेका छन् ।
३१ असारमा गरिएको 'लक्की ड्र'मार्फत उनले हुन्डाई एक्सटर जितेका हुन् । उनले विर्तामोडस्थित एलायन्स मोटर्स प्रालिबाट हुन्डाई गाडी खरिद गरेका थिए ।
हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत 'लक्की ड्र'मार्फत १ जना विजेतालाई हुन्डाई एक्सटर जित्न सक्ने अफर कम्पनीले सार्वजनिक गरेको थियो ।