२८ असार २०८३, आइतबार

प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ६२ अर्ब पुग्यो

साउन २, २०८१
काठमाडौं
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ६२ अर्ब पुग्यो

 एक आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) झन्डै दोब्बरले बढेको छ । आव २०८०-८१ मा झन्डै ६२ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको थियो । 

उद्योग विभागका अनुसार गत आवमा ४०७ परियोजनामार्फत ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । आव २०८०-८१ मा ३८ अर्ब विदेशी लगानी प्रतिबद्धताको लक्ष्य रहेकामा ६१ अर्ब ९० करोड लगानी प्रतिबद्धता आएको हो । 

अघिल्लो आवमा ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो र सो अवधिमा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्