
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन् ।
बुधबार देउवाले काठमाडौंको धापासीमा निर्माण हुन लागेको संघको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका हुन् ।
महिला संघ कांग्रेसको भ्रातृ संस्था हो ।
शिलान्यास कार्यक्रममा कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, महिला संघ अध्यक्ष उषाकुमारी राउत मिश्रसहितका नेता उपस्थित भएका थिए ।