०५ असार २०८३, शुक्रबार

सङ्खुवासभा पहिरो : गम्भीर घाइतेको हेलिकप्टरमार्फत उद्धार

साउन २, २०८१
काठमाडौं
सङ्खुवासभा पहिरो : गम्भीर घाइतेको हेलिकप्टरमार्फत उद्धार

पहिरोमा परेर गम्भीर घाइते भएका सङ्खुवासभाका १ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।​

सिलिचुङ्ग गाउँपालिका- १ मा अविरल वर्षाको पछिको पहिरोमा परेर गम्भीर घाइते १ जनाको उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

उनका अनुसार घाइतेलाई थप उपचारको लागि उद्धार गरेर काठमाडौं ल्याइएको छ ।​​

मनसुनजन्य विपद्‍ उद्धारका लागि नेपाली सेनाले इटहरी, सुर्खेत र काठमाडौंमा हवाई साधन तयारी अवस्थामा राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्