२५ असार २०८३, बिहीबार

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

साउन ३, २०८१
काठमाडौं
सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य आज तोलामा तीन सयले घटेको छ ।

बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । 

बुधबार प्रतितोला एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । 

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ६० निर्धारण भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्