
भारतमा बिहीबार एउटा यात्रुवाहक रेल पटरीबाट खसेर धेरै डिब्बा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु र अन्य २४ जना घाइते भएका छन् । उद्धार र राहत कार्य जारी छ ।
दुई हजार छ सय ४० किलोमिटरसम्म चल्ने बाइस डिब्बासहितको यात्रुवाहक यात्रुवाहक रेल चन्डीगढ–डिब्रुगढ एक्सप्रेस उत्तरी हिन्दू पवित्र सहर अयोध्या नजिक दिउँसो पटरीबाट खसेको थियो ।
भारतीय रेलवेका प्रवक्ता पङ्कज कुमार सिहंहले दुई जनाको मृत्यु भएको जानकारी दिए । उत्तर प्रदेश राज्यका राहत आयुक्त नवीन कुमारले ३५ जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताए । उनले उद्धार कार्य सकिएको र रेलभित्र कोही पनि नफसेको जानकारी दिए ।
प्रसारक एनडिटिभीका अनुसार गोन्डा जिल्लास्थित दुर्घटनास्थलमा कम्तीमा चार डिब्बा पल्टिएका थिए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जाल एक्समा दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।