
काठमाडौं, ८ कात्तिक — फ्रान्समा एक बच्चाको नाम जिहाद राख्न खोज्दा बबाल मच्चिएको छ ।

त्यहाँको टुलूज शहरमा एक जोडीले बच्चाको नाम जिहाद राख्न खोज्यो ।
यो नाममा अनेकौं प्रश्न उठेका छन् । विगत केही वर्षयता फ्रान्समा मुसलमान जिहादीहरूको आक्रमण बढेको छ ।
फ्रान्सका महान्यायाधिवक्ताले कुनै बच्चाको नाम जिहाद राख्न सकिन्छ कि सकिँदैन भनी विचार गरिरहेका छन् ।
यस विषयमा फ्रान्सका पारिवारिक मामिलाका न्यायाधीशले कुनै फैसला दिन सक्छन् ।
जिहाद अरबी शब्द हो र यसको अर्थ कोशिश वा संघर्ष हुन्छ, पवित्र लडाईं हैन ।
फ्रान्सको कानूनले मातापितालाई आफ्नो इच्छाअनुसार बच्चाको नाम राख्ने स्वतन्त्रता दिएको छ । बच्चाको हितलाई नोक्सान नपु–याउने र परिवारका कुनै पनि सदस्यले विरोध नगर्ने अवस्थामा जस्तो नाम पनि राख्न पाइन्छ ।
टुलूज शहरमा जिहाद नाम राखिएको बच्चा अगस्टमा जन्मिएको थियो ।
फ्रान्समा यसअघि केही बच्चाको नाम जिहाद राख्न दिइएको थियो ।
जिहाद शब्द मुसलमान उग्रवादीहरूले प्रायः प्रयोग गर्छन् ।
सन् २०१५ यता आतंकवादी आक्रमणमा २३० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
बीबीसीबाट