२१ जेठ २०८३, बिहीबार
आईटीमा निम्तिएको समस्या

एन्टीभाइरस अपडेटमा गम्भीर त्रुटि, आईटी सफ्टवेयर नचल्दा विश्वभरका विमानस्थलमा समस्या

साउन ४, २०८१
काठमाडौं
एन्टीभाइरस अपडेटमा गम्भीर त्रुटि, आईटी सफ्टवेयर नचल्दा विश्वभरका विमानस्थलमा समस्या

अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकका कारण विश्वभर सूचना प्रविधिमा समस्या देखिएको छ ।

एन्टीभाइरस उत्पादन गर्ने क्राउडस्ट्राइक नामको कम्पनीले आफ्नो सफ्टवेयर अपडेट गर्ने क्रममा ठूलो गल्ती गरेपछि विश्वभर विमानस्थल, हस्पिटल र अन्य क्षेत्रमा ठूलो समस्या देखिएको हो ।

बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएअनुसार विश्वभर एयरलाइन्स, बैंक र मिडियामा समस्या देखिएको छ ।

भारत लगायत धेरै देशहरूमा जहाज ग्राउण्डेड गरिएको छ भने अस्पतालमा तालिकामा रहेका अपरेशनहरू रद्द गरिएको छ ।

अमेरिकन एयरलाइन्सले आफ्नो कुनै पनि उडान नभएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । उसले पनि क्राउडस्ट्राइक साइबरसुरक्षा सफ्टवेयरको समस्याका कारण यस्तो भएको जनाएको छ ।

माइक्रोसफ्टले यो समस्या समाधान गर्न आफूले कदम चालिरहेको दाबी गरेको छ । तर कस्तो कदम हो भन्नेमा मौन देखिएको बीबीसीको भनाइ छ । 

बेलायतमा रेलहरू आफ्नो तालिका भन्दा ढिलो गुडिरहेका छन् र व्यापक आईटी समस्या देखिएको रिपोर्ट गरिरहेका छन् ।

स्काई न्यूजले प्रत्यक्ष प्रसारण गर्न नसकेको यसका कार्यकारी अध्यक्षले जनाएका छन् ।

बीबीसीले के भएको हो भन्नेबारे जान्न क्राउडस्ट्राइकसँग सम्पर्क गर्ने प्रयास गरिरहेको तर त्यताबाट कुनै जवाफ आइनसकेको जनाएको छ ।

नेपालको विमानस्थलमा भने अहिलेसम्म यस्तो समस्या नदेखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाको भनाइ छ ।

'समाचारहरूमा आइरहेको छ तर यहाँ त्यसको प्रभाव परिसकेको छैन,' उनले भने, 'यसबारे हामी अध्ययन गर्दैछौं ।'

salt training

कमेन्ट गर्नुहोस्