२९ जेठ २०८३, शुक्रबार

हाइटीमा डुङ्गामा आगलागी हुँदा ४० आप्रवासीको मृत्यु

साउन ५, २०८१
काठमाडौं
हाइटीमा डुङ्गामा आगलागी हुँदा ४० आप्रवासीको मृत्यु

हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको र अरू धेरै घाइते भएका छन् । 

हाइटीको नेशनल अफिस फर माइग्रेसन (ओएनएम)ले ८० जनाभन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट एक सय ५० माइल (दुई सय ४० किलोमिटर) यात्रा गरी टर्क्स र काइकोस टापुहरूमा गएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) हाइटियन कोस्ट गार्डले ४१ जीवित व्यक्तिलाई उद्धार गरेको छ । 

तीमध्ये ११ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
 

कमेन्ट गर्नुहोस्