०१ असार २०८३, सोमबार

२ सातादेखि अन्धकारमा मुसिकोट क्षेत्रका नागरिक​

साउन ५, २०८१
गुल्मी
२ सातादेखि अन्धकारमा मुसिकोट क्षेत्रका नागरिक​

बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य बनेका छन् ।

गत असार २३ गते आएको बाढीले मुसिकोट नगरपालिका- ८ स्थित कोप्चामा रहेको लघुजलविद्युत् परियोजनाको बाँध बगाइदिएपछि त्यस क्षेत्रका नागरिक विद्युत् सेवाबाट वञ्चित भएका हुन् । 

स्थानीय दरम खोलाले ८० मिटरभन्दा लामो बाँध बगाइदिएपछि त्यस क्षेत्रका एक हजार छ सयभन्दाबढी घरधुरी प्रत्यक्ष रुपमा प्रभावित बनेको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले जानकारी दिए ।

बाढीले बगाएको बाँध मर्मत गर्न लामो समय लाग्ने भएका कारण विद्युत् प्राधिकरणसँग समन्वय गरेर केन्द्रीय प्रशारणको लाइन जोडनका लागि पहल गरिरहेको नगर प्रमुख खरेलले बताए ।

यसका लागि नगरपालिकाले प्राविधिक पठाएर लागत मूल्याङ्कन गर्न शुरू गरेको उनको भनाइ छ ।

बाढीका कारण परोपकार बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित लघु जलविद्युत् र दरमखोला लघु जलविद्युत्‌को नहर बगाएको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक भुवन काफ्लेले बताए । 

नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध हुँदा मुसिकोट नगरपालिकाका, बागलुङको बढिगाड गाउँपालिका र गलकोट नगरपालिकासहित त्यस क्षेत्रका आठ हजारभन्दा बढी उपभोक्ता विद्युत् उपभोग गर्नबाट वञ्चित बनेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्