०७ असार २०८३, आइतबार

नुवाकोटमा यी ११ उम्मेदवारले उम्मेद्वारी फिर्ता लिँदा कांग्रेसलाई फाइदा

कात्तिक २०, २०७४
नुवाकोटमा यी ११ उम्मेदवारले उम्मेद्वारी फिर्ता लिँदा कांग्रेसलाई फाइदा


नुवाकोट, ८ कात्तिक - मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा ४६ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धामा हुने भएको छ ।
election
आइतबार उम्मेदवारी मनोनयन गर्ने समयमा ५७ जना उम्मेदवार भएपनि आज ११ जनाले नाम फिर्ता लिएसँगै अन्तिम चुनावी प्रतस्पर्धामा ४६ जना उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ताको समयमा आज नुवाकोटको प्रतिनिधि सभा सदस्यको दुई निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको चार निर्वाचन क्षेत्रबाट ११ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए ।

उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (माले)का उम्मेदवार जयागार तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नरेन्द्रप्रसाद फुयाँल र नयाँ शक्ति पार्टी नेपालका शन्तबहादुर तामाङ छन् ।

यस्तै प्रदेशसभा क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार दामोदर थापा क्षेत्री र प्रदेश सभा सदस्य क्षेत्र नं. २ बाट राप्रपा (प्रजातान्त्रिक)का दीपककुमार राईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, नेपाल जन लोकतान्त्रिक पार्टीका नारायण पौडेल र राप्रपा (प्रजातान्त्रिक)का मधुसुदन रिसालले पनि उम्मेदवारी फिर्ता लिए ।

यस्तै, प्रदेश क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार शिवप्रसाद अधिकारी, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार हरिप्रसाद रिजाल र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिए ।

यसअघि मनोनयन दर्ता गरेर उम्मेदवारी फिर्ता लिएका सबैले लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्