३१ असार २०८३, बुधबार

गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस भेटिएकोबारे राष्ट्रसङ्घको प्रतिक्रिया– चिन्ताको विषय

साउन ५, २०८१
काठमाडौं
गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस भेटिएकोबारे राष्ट्रसङ्घको प्रतिक्रिया– चिन्ताको विषय

न्युयोर्क–गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार बताएका छन् । 

यो भाइरसले विशेषगरी खोप नलगाएका र शारीरिक रुपमा कमजोर बच्चाहरूमा पक्षपात निम्त्याउन सक्ने सरोकारवालाहरूले बताएका छन् ।

‘विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले खान युनुस र देइर अल बलाह शहरबाट सङ्कलन गरेका ६ वटा वातावरणीय नमूनामा पोलियोको दोस्रो भेरियन्टको भाइरस फेला परेको जनाएको छ,’ मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए)ले भन्यो, ‘हालसम्म कुनै पक्षाघातका घटनाहरू भने पत्ता लागेको छैन।’

ओसीएचएले गाजाको आश्रय स्थानहरूमा बढ्दो भीडभाड, सफा पानीको अभाव, सरसफाई र स्वच्छताको खराब अवस्थाले निम्त्याएको सङ्क्रामक रोगहरूको फैलावटप्रति चिन्ता व्यक्त गरेको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले आफ्नो एजेन्सी, युनिसेफ, प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए) र गाजा स्वास्थ्य मन्त्रालयले पोलियो भाइरस सङ्क्रमणको दायरा बुझ्न यसको जोखिम मूल्याङ्कन गरिरहेको बताए । 

उनले गाजाको स्वास्थ्य प्रणालीको विनाश, चिकित्सा आपूर्तिको अभाव, जनसङ्ख्याको निरन्तर विस्थापन, कमजोर सरसफाई , पानीको खराब गुणस्तर  र सुरक्षाको अभावले पोलियोलगायत ’खोप–रोकथाम योग्य’ रोगहरूको जोखिम बढाइरहेको चेतावनी दिए । 

गाजामा अक्टोबर ७ मा द्वन्द्व शुरू भएदेखि श्वासप्रश्वास नलीमा सङ्क्रमणका लगभग दशलाख घटनाहरू पुष्टि भएको र अन्य सङ्क्रामक रोगहरू बढ्दै गएको डब्ल्यूएचओको जुलाई ७ सम्मको अध्ययनले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्