
वास्तवमा सधैँ हाँस्दा ताजा महसुस गराउँछ । स्फूर्ति बढाउँछ । सकारात्मक भावना जागृत गराउँछ ।
जब धक खोलेर हाँस्छौँ, तत्कालै केही फाइदा देखिन्छ । जस्तो कि, तपाईंआसपासको वातावरण एवं माहोल रमाइलो बन्छ ।
निरन्तर हाँस्दा तनाव नियन्त्रण हुन्छ ।
हाँस्ने हो भने शरीरबाट क्यालोरी खर्च हुन्छ । यसले वजन नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
निरन्तर हाँस्नेहरूमा अल्छीपन आउँदैन । आलस्य हराएर जान्छ ।
हाँस्दा शरीरमा रगतको प्रवाह बढ्ने गर्दछ । शरीरमा पर्याप्त अक्सिजन भएमा ब्याक्टेरिया र भाइरस नष्ट गरिदिन्छ ।
दिल खोलेर एक घन्टा हाँस्दा शरीरको मांसपेशीलाई बलियो बनाउँछ ।
हाँस्दा अनुहारको मांसपेशीमा कसरत हुन्छ ।
लगातार हाँस्नेहरूको निधारमा चाउरी पर्दैन ।
खुलेर हाँस्दा मुटुमा रगत र अक्सिजनको प्रवाह राम्रो हुन्छ । मुटु स्वस्थ हुन्छ ।
हाँस्नेहरूको मन प्रसन्न हुन्छ । एकैछिनलाई मनभित्रका पीडा र तनाव भाग्छन् ।
हाँस्ने बानीले हृदयाघातको खतरा कम हुन्छ ।
जब हामी धक खोलेर हाँस्छौँ, शरीरमा पर्याप्त अक्सिजन पुग्छ । यही अक्सिजनको उपस्थितिले क्यान्सर कोषिका र हानिकारक ब्याक्टेरिया नष्ट हुन्छ । साथसाथै प्रतिरक्षायन्त्रसमेत मजबुत हुन्छ ।
मज्जाले हाँसेपछि शरीरमा स्फूर्ति बढ्छ । सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।
हाँस्ने कसरी ?
चुट्किला पढ्नुहोस् ।
फन्नी भिडियो अथवा फिल्म हेर्नुहोस् ।
बच्चाबच्चीसँग रमाइलो गर्नुहोस् ।
साथीभाइसँग ठट्टा गर्नुहोस् । -नयाँ पत्रिकाबाट