३१ जेठ २०८३, आइतबार

स्कटल्याण्डमा सगरमाथा आरोहीहरु सम्मानित

कात्तिक २०, २०७४
स्कटल्याण्डमा सगरमाथा आरोहीहरु सम्मानित

स्कटल्यान्ड, ९ कात्तिक - स्कटल्याण्डको आबर्डिनमा  दुई  सगरमाथा आरोहीहरुलाई नेपाल स्कटल्याण्ड मैत्री सम्बन्ध बिषयक कार्यक्रममा सम्मान गरिएको छ। 


स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फोर नेपलिज कल्चर एण्ड वेलफेयरले  ८८४८ रेस्टुरेन्ट को सहकार्यमा आयोजना गरेको कार्यक्रममा  नेपाली सगरमाथा आरोही दावा शेर्पा र स्कटिस सगरमाथा आरोही मार्क क्याडमेनलाई   बेलायतका लागि नेपाली राजदूत डा  दुर्गाबहादुर सुबेदी र आबर्डिन शहरका लड  प्रोबस्टको प्रतिनिधि काउन्सिलर क्ल्येर इम्रीले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो । 

उक्त समारोहमा बोल्दै नेपाली सगरमाथा आरोही दावा शेर्पाले आफुले औपचारिक रुपमा तीन पटक  र धेरै पटक आरोही सहयोगीको रुपमा सगरमाथा आरोहण  गरेको बताउनु भयो।  

पर्बतारोहण सहयोगीको रुप एक स्कटिस महिला आरोहीलाई मृत्युको मुखबाट बचाएको र पछि पुनर्जीवन पाएको भन्दै आफु र परिवारलाई स्कटल्याण्ड ल्याएर स्थापित गरेको शेर्पाले बताउनु भयो । 

यस्तै अर्का आरोही स्कटिस सगरमाथा आरोही  मार्क क्याडमेनले २०१५को  महाभूकम्पको क्रममा सगरमाथा आरोहण बिचमै छाड्नु परे पनि केहि महिना अघि मात्र सगरमाथा सफलता पुर्वक आरोहण  गरको बताउनु भयो।

सो समारोहमा बोल्दै  बेलायतका लागि नेपाली राजदूत डा सुबेदीले स्कटल्याण्ड र नेपालबिचको सम्बन्ध २०० वर्ष पुरानो रहेको र अहिले नेपाली समुदाय स्कटल्याण्डमा राम्रोसङ्ग स्थापित  भएको देख्दा आफुलाई निकै खुशी लागेको बताउनुभयो। 

सो अवसरमा आबर्डिन शहरका लड  प्रोबस्टको प्रतिनिधि काउन्सिलर क्ल्येर ईर्मीले नेपाली समुदायले स्कटल्याण्डमा गरेको योगदानको प्रशंसा गर्दै नेपाली समुदायलाई धन्यवाद ब्यक्त गर्नु भयो।  कार्यक्रम आयोजक संस्था अर्गनाईजेसन फोर नेपलिज कल्चर एण्ड वेलफेयरका अध्यक्ष प्रकाश अर्यालले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सचिब सन्तोष गैरेले यस्ता कार्यक्रमहरुले जनस्तरमा नेपाल र स्कटल्याण्ड सम्बन्ध सुमधुर राख्न सहयोग गर्ने बताउनु भयो। 


उक्त कार्यक्रममा सोहन घिमिरेले बाँसुरी बजाएर नेपाली  धुनहरुको परिचय दिनु भएको थियो भने अनुसुया   बोहोरा र आध्या रेग्मीले नेपाली नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा सम्पूर्ण  सहभागीहरुलाई पन्चकन्याले  नेपाली ढाकाटोपी लगाईदिएर  स्वागत गरेका थिए।  

कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक सेवा , प्राज्ञिक, ब्यबसायी, नेपाल संग सम्बन्धित व्यक्तिहरु र नेपाली समुदायका अगुवा व्यक्तिहरुको सहभागिता रहेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्