१८ असार २०८३, बिहीबार

बंगलादेशमा बसेका रोहिंग्याहरू देहव्यापारमा संलग्न हुन बाध्य

कात्तिक २०, २०७४
बंगलादेशमा बसेका रोहिंग्याहरू देहव्यापारमा संलग्न हुन बाध्य

काठमाडौं, ९ कात्तिक — म्यान्मारमा भड्केको हिंसाका कारण बंगलादेशमा शरणार्थीका रूपमा रहिरहेका रोहिंग्या मुसलमानको संख्या ६ लाख कटिसकेको छ । यी शरणार्थीहरू कक्सेस बजारनजिकको कुतुपालोङ शरणार्थी शिविरमा बसिरहेका छन् ।


त्यहाँ शरणार्थीहरूलाई खाना र पानी जस्ता आधारभूत आवश्यकताका लागि पनि संघर्ष गरिरहनुपरेको छ ।

यस्तो अवस्थामा शिविरमा रहेका महिला र बालिकाहरू देशव्यापारमा लाग्ने जोखिम उच्च छ ।

लगभग ५०० रोहिंग्या महिलाहरू देहव्यापारमा संलग्न रहिसकेको बताइएको छ ।

दलालहरूको नजर शिविरमा रहेका महिलाहरूमाथि परेको छ ।

दलालका रूपमा काम गर्ने नूरका अनुसार, कुतुपालोङमा बस्ने ५०० रोहिंग्याहरू सेक्स वर्कर हुन् । उनीहरू विगत धेरै वर्षयता शिविरमा छन् ।

संयुक्त राष्ट्रसंघका नियोगहरूले शिविरमा कति सेक्स वर्कर छन् भन्ने थाहा नभएको बताएको छ ।

लैंगिक हिंसाको मामिलामा विज्ञका रूपमा जोडिएकी सबा जारीबले भनिन्, ‘उनीहरूको संख्या बताउन मुश्किल छ , हामी शिविरमा सेक्स वर्करको आँकडा जम्मा गर्दैनौं ।’

म्यान्मार सरकारले अल्पसंख्यक रोहिंग्याहरूलाई देशबाट लखेटेपछि उनीहरू बंगलादेशमा शरण लिएर बसिरहेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्