
काठमाडौं, ९ कात्तिक — इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिम भागमा रहेको एक पटका कारखानामा विस्फोट भएर आगो लाग्दा २७ जनाको मृत्यु भएको छ । बिहीवार भएको यो दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

टेलिभिजनहरूमा प्रसारित भिडियो हेर्दा तांगेरांगस्थित कारखानाबाट धूवाँको बाक्लो मुस्लो उठेको देखिएको छ ।
रोयटर्सबाट