२९ जेठ २०८३, शुक्रबार

कञ्चनपुर होटल व्यवसायी सङ्घको अध्यक्षमा रेग्मी

साउन १३, २०८१
कञ्चनपुर
कञ्चनपुर होटल व्यवसायी सङ्घको अध्यक्षमा रेग्मी

कञ्चनपुर होटल व्यवसायी सङ्घको अध्यक्षमा रामचन्द्र रेग्मी चयन भएका छन् ।

सङ्घको शनिबार सम्पन्न २७औं वार्षिक साधारणसभा तथा १६औं जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मी सर्वसम्मत चयन भएका  हुन् ।

अध्यक्ष चयन भएपछि रेग्मीले होटल व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले होटल व्यवसायलाई आगामी दिनमा मर्यादित पेसाका रूपमा अगाडि बढाउन उत्सुक रहेको बताए ।

अधिवेशनबाट सङ्घको प्रशासन उपाध्यक्षमा आत्माराम खनाल, पर्यटन उपाध्यक्षमा कैलाश कार्की, महासचिवमा नवराज जोशी, सचिवमा डम्बरबहादुर खडका, कोषाध्यक्षमा शिव भण्डारी र सहकोषाध्यक्षमा नैनसिंह बोहरा चयन भएका छन् । 

सदस्यहरूमा मुक्तिमाया श्रेष्ठ, कृष्ण राना, धनबहादुर रावत, गौरव भट्ट, सञ्जयकुमार भट्ट, रमेशबहादुर रावल, तपेन्द्रकुमार रोकाया चयन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्