०९ असार २०८३, मंगलबार

गोरखाको धार्चे पहिरो : घाइतेलाई थप उपचारका लागि काठमाडौं लगियो

साउन १३, २०८१
गोरखा
गोरखाको धार्चे पहिरो : घाइतेलाई थप उपचारका लागि काठमाडौं लगियो

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुई जनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौं लगिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको उनले बताए ।

स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका थिए ।

बेपत्ता हुनेहरूमा ३७ वर्षीय जीतबहादुरसहित उनका बुबा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ कान्छी गुरुङ तथा ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार रहेका छन् ।

शनिबार राति तीन बजे पहिरो जाँदा जीतबवहादुरले सञ्चालन गर्दै आएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ  ।

salt training

कमेन्ट गर्नुहोस्