१२ साउन २०८३, मंगलबार
संसद्‌मा कांग्रेस महामन्त्री

फाइल खोलेको नक्कली कुरा गरेर रविले नहुने ‘स्टन्टमेनसीप’ देखाउन खोजे- विश्वप्रकाश शर्मा

साउन १३, २०८१
काठमाडौं
फाइल खोलेको नक्कली कुरा गरेर रविले नहुने ‘स्टन्टमेनसीप’ देखाउन खोजे- विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न थालेका कारण सरकार ढालिएको भनेर रास्वपा सभापति रवि लामिछानेले संसद्‌बाट झुट बोलेको बताएका छन् । रविले प्रचार गरेका कतिपय भ्रष्टाचारका विषय उनको पार्टी गठन हुनु अगावै अनुसन्धान भइसकेको शर्माको दाबी थियो ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा महामन्त्री शर्माले भ्रष्टाचार फाइल खोलेका कारण सरकार ढालेको भनेर लामिछानेले निराधार कुरा गरेको आरोप लगाएका हुन् । 

‘जाँदाजाँदै निवर्तमान गृहमन्त्री (रवि लामिछाने)ले कुनै फाइल खोलिएको २४ घण्टामा सरकार ढालिएको भनेर रमाइलो झुट बोल्नुभयो । २०८० जेठ १० नक्कली शरणार्थीको मुद्दा दर्ता गरिएको थियो, त्यसको ९ महिनापछि फागुन २३ गतेमात्र रविजी गृहमन्त्री बन्नु भएको थियो,’ शर्माले भने ।

बालमन्दिर जग्गा अपचलनको अनुसन्धान अख्तियारले २०७८ सालमा शुरू गरेको र त्यो बेला रविको दलसमेत नखुलेको शर्माले बताए ।

‘भ्रष्टाचारको फाइल खोल्न लागेका कारण सरकार ढालिएको आरोप विल्कुल निराधार छ, दुई वटा दलले स्थिरतामा लैजान्छु भन्दा बदनाम गर्न खोजिएको छ,’ उनले भने । 

कांग्रेस महामन्त्री शर्माले रास्वपा सभापति रवि लामिछानेले ‘स्टेटम्यानसीप’ नभई हुँदै नभएको ‘स्टन्टमेनसीप’ देखाउन खोजेको टिप्पणी गरे ।

salt training

कमेन्ट गर्नुहोस्