०७ असार २०८३, आइतबार

पहिरोका कारण सार्कीबारा बस्ती नै जोखिममा

साउन १४, २०८१
काठमाडौं
पहिरोका कारण सार्कीबारा बस्ती नै जोखिममा

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको एक बस्ती पहिरोको जोखिममा परेको छ ।

 लगातार भएको वर्षाका कारण आइतबार राति वडा नं १२ को सार्कीबारा बस्तीमुनि ठूलो पहिरो खसेको छ । 

वडाध्यक्ष खम्मे कुसारीले गिजागाड खोलाको बाढीका कारण गएको पहिराले चार घर भत्किएका जानकारी दअनुसार स्थानीय नन्दे सार्की, अलबहादुर सार्की, मनबहादुर सार्की र अर्जुन सार्कीको घर पहिरोमा भत्किएका हुन् । पहिरोले बस्ती नै जोखिममा परेपछि १० घरपरिवारलाई वडा कार्यालयमा सारिएका छन् । 

    गिजागाड खोला र पहिरो गएको स्थानका १० घर उच्च जोखिममा रहेका र पहिरोभन्दा माथिल्लो भागमा रहेको सम्पूर्ण बस्ती नै जोखिममा रहेको वडाध्यक्ष कुसारी बताए । 

    मनसुन सुरू भएयता यस वडामा चार जनाको मृत्यु भइसकेको छ । गत साउन १ गते बिहान बाढीले टहरा पुरिँदा तीन बालिकाको मृत्यु भएको थियो भने साउन ३ गते खोलामा आएको बाढीले बगाएर एक पुरुषको ज्यान गएको थियो । यहाँ एक जना अझै बेपत्ता छन् । 

    भूकम्पका बेला पनि जिल्लाको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको थियो । त्यसयता वर्षाको समयमा नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले दुःख दिने गरेको नगरप्रमुख रवि केसीले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्