०५ साउन २०८३, मंगलबार

स्पेनका लागि शनिल नेपालको नाम सिफारिस, दोस्रो पटक राजदूत बन्दै

साउन १४, २०८१
काठमाडौं
स्पेनका लागि शनिल नेपालको नाम सिफारिस, दोस्रो पटक राजदूत बन्दै

पोर्चुगलका लागि पूर्व नेपाली राजदूत शनिल नेपाल स्पेनका लागि नयाँ नेपाली राजदूतमा सिफारिस भएका छन् । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पा स्थायी ठेगाना भएका नेपाललाई स्पेनका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा नेपाल २०८० माघ २६ गते पोर्चुगलको लागि नेपाली राजदूत नियुक्त भएका थिए ।

प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग समीकरण बनाएपछि सरकारले उनीसहित ११ राजदूतलाई फिर्ता बोलाएको थियो ।

कांग्रेस एमाले समीकरण बनेपछि उनी पुनः राजदूतमा सिफारिस भएका छन् ।

शनिल उमेरले कान्छो राजदूत बन्दैछन् । पोर्चुगलको लागि नेपाली राजदूत बन्नुअघि उनी विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेका थिए ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनी राजदूत नियुक्त हुनेछन् । 

पहिलो पटक राजदूत सिफारिस हुँदा उनी संसदीय सुनुवाइ विशेष समितिबाट सर्वसम्मत अनुमोदन भएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्