१७ असार २०८३, बुधबार

जापानमा बेरोजगारी दर थोरै घट्यो

साउन १५, २०८१
काठमाडौं
जापानमा बेरोजगारी दर थोरै घट्यो
तस्वीर साभारः teamstage

टोकियो–जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६  प्रतिशतबाट सामान्य सुधार भई  जुन महिनामा २.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ । 

एक वर्षअघिको तुलनामा तीन लाख ७० हजारले  वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८.२२ मिलियन पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ ।

मानिसहरूले स्वेच्छाले  जागिर छाडी  नयाँ काम खोजेका कारण बेरोजगारको सङ्ख्या जून महिनामा ३.३ प्रतिशतले घटेर मौसमी बेरोजगारीमा समायोजित हुँदा १.७६ मिलियनमा पुगेको हो ।
 
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार मे महिनामा १.२४ रहेको जापानको रोजगार–आवेदक अनुपात जूनमा घटेर  १.२३  पुगेर लगातार तेस्रो महिनासम्म भएको यो गिरावटले प्रत्येक १०० जना रोजगारी खोज्नेहरूको लागि १२३ रोजगारी उपलब्ध भएको सङ्केत गरेको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्