
तीन जिल्लामा २० जनामा हैजा पुष्टि भएको छ । यस वर्ष साउनयता काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हैजा अति संक्रामक र शिघ्र फैलिने झाडापखाला भएकाले यसका मुख्य लक्षण तथा चिन्हहरूमा पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र वान्ता हुने तथा कडा जलवियोजन पर्दछन् । संक्रमणले गम्भीर अवस्थामा पुर्याउदा आखाँ गाडीने मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रंग पहेंलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुने हुन सक्ने मन्त्रालयको भनाइ छ ।
यस्तो अवस्थामा तुरन्तै स्वास्थ्य संस्था नपुगे ५० सम्म प्रतिशत मुत्युदर हुने मन्त्रालयले जनाएको छ । ‘हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण विकसित हुदैन तर उनीहरुको दिसामा पहिलो देखि १० दिनसम्म भित्रियो कोलेरा व्याक्टेरिया रहनसक्छ । लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानी जस्तै दिसा हुने र पानीको अभाव तिव्र लक्षण देखिन्छ’, मन्त्रालयको भनाइ छ ।
गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन अति आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।