१५ असार २०८३, सोमबार

केरला बाढीपहिरोमा परी १३० जनाको मृत्यु, दुई दिन राजकीय शोकको घोषणा

साउन १६, २०८१
काठमाडौं
केरला बाढीपहिरोमा परी १३० जनाको मृत्यु, दुई दिन राजकीय शोकको घोषणा

भारतको केरलामा भारी वर्षासँगैको बाढीपहिरोका कारण अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने २२० जना बेपत्ता छन् । 

सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफ उद्धारका लागि खटाइएको छ । केरला सरकारले राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरेको छ ।

राति उद्धार तथा राहत कार्य रोकिएको थियो । अहिले बिहान ७ बजेदेखि फेरि काम शुरू गर्ने पहिरो प्रभावित क्षेत्र  वायनाडको चुरलमालाका क्षेत्रीय फायर अफिसरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

मौसम विभागले बुधबार राज्यका ८ जिल्लामा भारी वर्षाको चेतावनी जारी गरेको छ। यहाँका सबै विद्यालय बन्द रहनेछन् ।

१४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्