१८ असार २०८३, बिहीबार

केरलाको वायनाडमा पहिरोका कारण ठूलो क्षति, अहिलेसम्म १३० जनाको मृत्यु, ९० जना बेपत्ता

साउन १६, २०८१
काठमाडौं
केरलाको वायनाडमा पहिरोका कारण ठूलो क्षति, अहिलेसम्म १३० जनाको मृत्यु, ९० जना बेपत्ता

भारतको केरलास्थित वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुगेको छ । यसअघि साँझ मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

यससँगै ९० जनाको खोजी कार्य जारी रहेको छ भने १३१ जना अस्पतालमा भर्ना छन् । सोमबार र मङ्गलबार राति १ बजेदेखि ४ बजेको बीचमा तीनवटा पहिरोले वायनाडको चुरलमाला, मुन्डक्काइ जस्ता क्षेत्रमा ठूलो क्षति पुर्याएको समाचारमा उल्लेख छ । 

मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीले भने, "मृतकको संख्या अहिले १३० पुगेको छ।" उनले सूर्यास्तपछि पनि सेना, नौसेना, वायुसेना, एनडीआरएफ र दमकलको सहयोगमा उद्धार कार्य जारी रहेको जानकारी दिए ।

पहिरो प्रभावित क्षेत्रमा मुसलधारे पानी परिरहेको भएपनि उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्