
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर निरीक्षण गरेकी छिन् ।
बुधबार राणाले कन्सुलरको पासपोर्ट शाखा पुगेर निरीक्षण गरेकी हुन् ।
निरीक्षणका क्रममा राणाले सेवा प्रवाहलाई छिटो, छरितो र व्यवस्थित बनाउन निर्देशन दिएकी छिन् ।
पहिलोपटक मन्त्री बन्दा परराष्ट्रको जिम्मेवारी पाएकी राणाले भेटघाट कार्यक्रम गरिरहेकी छिन् ।