
काठमाडौं, ११ कात्तिक — चीनका राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेनाले युद्ध जित्नका लागि जोड दिनुपर्ने बताएका छन् ।

शुक्रवार सीले सेनाका अधिकारीहरूसँग बैठक गरेर सन् २०५० सम्म कुनै पनि तरिकाले विश्वस्तरको सेना तयार पार्नुपर्ने बताए ।
उन्नाईसौं महाधिवेशनबाट राष्ट्रपतिको दोस्रो कार्यकाल चलाउने स्वीकृति पाएका सीसँग ६ अन्य स्थायी सदस्यको साथ रहनेछ । उनीहरूले नै चीनको सत्ता चलाउनेछन् ।
पुनः राष्ट्रपति भएपछि सीले सेनासँग गरेको यो पहिलो बैठक हो । उनले बैठकमा सैन्य पोशाक लगाएका थिए ।
सीले सेनालाई लगातार तालिम र व्यायाममा लगाउनुपर्ने बताए । सेनाले कम्युनिस्ट पार्टी अफ चाइनाको आज्ञा मान्नुपर्ने र जुनसुकै युद्ध जित्न तयार रहनुपर्ने बताएका छन् ।
एजेन्सी