१० असार २०८३, बुधबार

झापाको विर्तामोडमा तनाव, प्रहरीले हान्यो अश्रुग्याँस

कात्तिक २०, २०७४
झापाको विर्तामोडमा तनाव, प्रहरीले हान्यो अश्रुग्याँस

झापा, १० कात्तिक – झापाको विर्तामोडमा बालक हत्याको विषयलाई लिएर सर्वसाधारणले निकालेको जुलुसमा प्रहरीले अश्रुग्याँस हानेको छ । हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै निकालिएको जुलस नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले अश्रुग्याँस चलाएको हो ।

विर्तामोडको एक पोखरीमा केही दिन अघि एउटा बच्चा मृत भेटिएका थिए । उनका आफन्तहरुले बच्चालाई मारेर फालिएको भन्दै ८ जना विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

८ जना मध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सर्वसाधारणले प्रहरी अनुसन्धान चित्त नबुझेको भन्दै जुलुस निकालेका हुन् । हालसम्म अवस्था सामान्य नै रहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।

* सन्दर्भ तस्वीर

salt training

कमेन्ट गर्नुहोस्