
रियाद, १० कार्तिक– साउदी अरब रोबोटलाई नागरिकता दिने विश्वको पहिलो देश बनेको छ । उक्त रोबोटको नाम सोफिया राखिएको छ । सउदी अरबको पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो अफिसियल ट्वीटर ह्याण्डलमार्फत रोबोटलाई नागरिकता दिइएको उल्लेख गरेको छ ।
‘सोफिया विश्वको पहिलो रोबोट हो, जसलाई साउदीको नागरिकता प्रदान गरिएको छ,’ कमिटीले ट्वीटरमा भनेको छ ।
नागरिकता मिलेपछि रोबोट सुफियाले साउदी सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै भन्यो, ‘म यो विशिष्ट गौरवले धेरै सम्मानित महशुष गरिरहेकी छु । पहिलोपल्ट रोबोटलाई नागरिकताबाट पहिदान दिलाउनु ऐतिहासि हो । म मानिसहरुबी भरोस बढाउने काम गर्ने छु ।’
सोफियाले साउदीको रियादमा भइरहेको फ्युचर इन्भेष्टमेन्ट सम्मेलनमा सहभागिता पनि जनाउने छ । उक्त सम्मेलनमा देशमा आधुनिकताका लागि लगानी बढाउने विषयमा छलफल भइरहेको छ ।
अनुहारमा आउने एक्सप्रेसनको पहिचान गर्ने तथा कुनै पनि व्यक्तिसँग सामान्य रुपमा कुराकानी गर्नसक्नु सोफियाको मुख्य विशेषता हो । सोफियामा पनि मानिसको जस्तै अनेक प्रकारका भावनाहरु समावेश छन् ।
सोफियाको आँखा पनि मानिसको जस्तै छन् । कम र वढी प्रकाशमा सोफियाका आँखाले पनि मानिसको आँखाको जस्तै काम गर्छन् ।