०७ असार २०८३, आइतबार

प्रहरीको गोली लागेर बिर्तामोडमा एकजनाको मृत्यु, कर्फ्यू आदेश जारी

कात्तिक २०, २०७४
प्रहरीको गोली लागेर बिर्तामोडमा एकजनाको मृत्यु, कर्फ्यू आदेश जारी

सांकेतिक तस्बिर



झापा, १० कार्तिक–
झापाको बिर्तामोडमा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा दर्जनौंपटक प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपका क्रममा गोली लागि प्रदर्शनकारी अजुर्नधारा–५ का नरेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र कुमार बस्नेतले लोकान्तरलाई बताए । 

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश समेत जारी गरेको छ ।

आज दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्र्यू जारी गरिएको उनले बताए ।

दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्