२५ जेठ २०८३, सोमबार

बिर्तामोडमा दिनभर तनाव : प्रहरीको गोली लागेर एकको मृत्यु, ६ जना घाइते

कात्तिक २०, २०७४
बिर्तामोडमा दिनभर तनाव : प्रहरीको गोली लागेर एकको मृत्यु, ६ जना घाइते
झापा १० कात्तिक -अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका ३० वर्षीय नरेश थापा छन् । उनलाई दाहिने कोखामा गोली लागेको थियो । गोली लागेर घाइते उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । 

गोली लागेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुने राजगढ–८ का सुनिल पाठक, मेचीनगर–९ का अशोक बस्नेत, दुर्गापुरका नवराज कोइराला, अर्जुनधारा–६ का पुण्यप्रसाद लुइँटेल, इलाममाई नगरपालिकाका मणि नेपाली र बिर्तामोड– ६ का देवानन्द राजवंशीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । 

यता आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रमेशकुमार सुवेदी, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टसहित ३२ प्रहरी घाइते भएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्