
धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि पहिरोसँगै रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।
सोमबार बिहान धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको जिल्ला प्रहरी धादिङका प्रमुख एसपी गौतम केसीले जानकारी दिए ।
उनका अनुसार पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको हो ।
घाइतेलाई गजुरी अस्पताल उपचारका लागि पठाइएको उनले बताए ।
पहिरोले सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने काम भइरहेको जानकारी एसपी केसीले दिए ।