२२ असार २०८३, सोमबार

राइड शेयरिङ प्लेटफर्म उबरमा १ लाख बीवाईडी कार

साउन २१, २०८१
काठमाडौं
राइड शेयरिङ प्लेटफर्म उबरमा १ लाख बीवाईडी कार

चर्चित राइड शेयरिङ प्लेटफर्म उबरले आफ्नो फ्लिट सर्भिसमा १ लाख युनिट बीवाईडी कार सामेल गर्ने भएको छ ।

यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उबरले बीवाईडीसँग सम्झौता गरेको हो ।​

उबर ड्राइभरलाई विशेष मूल्यमा बीवाईडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिन समेत दुई कम्पनीबिच सम्झौता भएको छ ।

साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने समेत सहमति भएको छ । उबर प्लेटफर्मका लागि उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

चिनियाँ ब्रान्डका ईभीको बढ्दो दबदबा रोक्न यूरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बाबजुद उबरसँग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरूले समेत अर्थपूर्ण रूपमा लिएको बताएका छन् ।

यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणीसमेत गरेका छन् ।

बीवाईडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उबरले जनाएको छ ।

मध्ये पश्चिम, क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने दुई कम्पनीबीच सहमति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्