सरकारले लेबनानमा रहेका नेपालीको सुरक्षा गर्नेतर्फ पूर्णरूपमा सचेत रहेको जनाएको छ । लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्णरूपमा सचेत रहेको जनाएको हो।
हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिकहरू तथा उनीहरूका आफन्तहरूले कायरोस्थित नेपाली राजदूतावास तथा मन्त्रालयमा सम्पर्क राख्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebabon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराउन समेत अनुरोध गरेको छ।