३० जेठ २०८३, शनिबार

बेलायतमा हिंसात्मक प्रदर्शन जारी, हालसम्म ४०० जना पक्राउ

साउन २२, २०८१
काठमाडौं
बेलायतमा हिंसात्मक प्रदर्शन जारी, हालसम्म ४०० जना पक्राउ

बेलायतमा गत साता सुरु भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म झण्डै ४०० जना पक्राउ परेका छन् ।

राष्ट्रिय प्रहरी प्रमुख काउन्सिलले यस्ता गिरफ्तारी दिनानुदिन बढ्न सक्ने बताएको छ ।

यसअघि प्रधानमन्त्री किएर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताएका थिए।

प्लाइमाउथमा प्रहरीले हिंसात्मक प्रदर्शनका क्रममा धेरै प्रहरी अधिकारीहरू समेत घाइते भएको बताएको छ।

बेलायतको साउथपोर्टमा चर्चित गायिका टेलर स्विफ्टको थिममा गरिएको डान्स पार्टीमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु भएपछि हिंसात्मक प्रदर्शन भएका हुन् । 

यस प्रदर्शनका क्रममा धेरै ठाउँमा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक समूह आमनेसामने भएको समाचारमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्