१५ असार २०८३, सोमबार

डेङ्गुबाट १ जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि

साउन २२, २०८१
काठमाडौं
डेङ्गुबाट १ जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
फाइल फोटो

देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले डेङ्गुबाट एक जनाको मृत्यु भएको आज जनाएको हो ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ ।

कोशी प्रदेशमा पाँच सय ३७, मधेशमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् ।

काठमाडौं उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७,  झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् ।

त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको हो ।

हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्