०५ साउन २०८३, मंगलबार
काभा महिला भलिबल नेसन्स लिग

इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा, भारतसँग उपाधि भिडन्त पक्का

साउन २२, २०८१
काठमाडौं
इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा, भारतसँग उपाधि भिडन्त पक्का

इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इरानमाथिको जीतसँगै नेपालले बुधवार हुने उपाधि भिडन्तमा भारतसँगको भेट पक्का गरेको हो । 

null

मंगलवार दशरथ रंगशालाको कभर्ड हलमा भएको सेमिफाइनलकाे पहिलो सेट २५–२१ ले जितेको नेपालले दोस्रो सेटमा पनि उत्कृष्ट कमब्याक गर्यो । चारपटक सेट प्वाइन्ट जोगाउँदै दोस्रो सेट नेपालले २८–२६ ले जितेको हो ।

null

यस्तै तेस्रो सेट पनि नेपालले २५–२० ले जित्न सफल रह्यो ।

null

भारत बुधवार नै श्रीलंकालाई हराएर फाइनलमा पुगेको हो । समूह चरणको खेलमा नेपालले भारतलाई हराएको थियो । 
 

कमेन्ट गर्नुहोस्