१४ असार २०८३, आइतबार

दक्षिण कोरियामा गर्मीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

साउन २३, २०८१
काठमाडौं
दक्षिण कोरियामा गर्मीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । करिब एक हजार सात सय मानिसले गर्मीसँग सम्बन्धित रोगहरूको उपचार गराएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अत्यधिक गर्मीका कारण आइतबार ७० वर्षका दुई महिलाको मृत्यु भएको थियो भने दुई दिनअघि खेतमा ढलेर ६५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

देशभर जारी प्रचण्ड गर्मीका कारण मे २० र अगस्ट ४ को बीचमा थप तीन जनाको मृत्युले गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीहरूको कूल सङ्ख्या एक हजार छ सय ९० पुगेको छ । यो गत वर्षको सोही अवधिमा भएको एक हजार छ सय ४६ भन्दा बढी हो ।

 हालको उष्ण लहरले दुई लाख ७७ हजार कुखुरासहित तीन लाख तीन हजार पशुधन मरेका थिए । गत सातादेखि देशैभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ । 

यहाँ उष्णकटिबन्धीय रातहरूसँगै अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीले पूर्वानुमान गरेको छ  ।

salt training

कमेन्ट गर्नुहोस्