२५ जेठ २०८३, सोमबार

एक दिनमै 'बाउन्स ब्याक' भयो शेयर बजार, १०८ अंकको वृद्धि

साउन २३, २०८१
काठमाडौं
एक दिनमै 'बाउन्स ब्याक' भयो शेयर बजार, १०८ अंकको वृद्धि

अघिल्लो दिन मंगलबार १४५ अङ्कले घटेको शेयर बजार बुधबार १०८ अङ्कले बढेको छ । 

'बाउन्स ब्याक' गर्ने क्रममा नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा कायम भएको छ ।

यस दिन बजारमा ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन मंगलबार मात्रै २३ अर्ब ७१ करोड ६७ करोड रुपैयाँको कारोबारले शेयर बजारमा नयाँ रेकर्ड कायम गरेको थियो ।

यस दिन शेयर बजारमा ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँको कारोबार भएको थियो ।

आज करिब एक दर्जन कम्पनीहरूको शेयर सर्किट लेबलमा कारोबार भएको छ ।

बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलुङखोला जलविद्युत कम्पनी, डोल्टी पावर कम्पनी, सिटी होटल्स, हिमालयन रिइन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

बुधवार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स १ अर्ब ५३ करोड ५३ लाख ६० हजार रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्