०१ साउन २०८३, शुक्रबार

त्रिशुली बस दुर्घटनामा घाइते भएका १५ जनाको नाम खुल्यो (सूचीसहित)

कात्तिक २०, २०७४
त्रिशुली बस दुर्घटनामा घाइते भएका १५ जनाको नाम खुल्यो (सूचीसहित)

धादिङ, ११ कार्तिक– सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्रीबस धादिङको गजुजरी–५ धारबेसीबाट त्रिशुली नदीमा खस्दा घाइते भएकामध्ये १५ जनाको नाम खुलेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रहरीले नदीबाट १९ जनाको शव निकालिएको जनाएको छ । प्रहरीका अनुसार नदीबाट ७ महिला, ३ नाबालक र ९ पुरुषको शव निकालिएको छ ।

बसमा करिब ६० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । करिब २४ जना यात्रु अझै हराइरहेको जनाइएको छ । प्रहरीले बसबाट १५ जना घाइते यात्रुको उद्दार गरेको छ । उद्दार गरिएका सबै घाइतेको पहिचान खुलेको छ । 

पहिचान खुलेका घाइतेको नामावलीः


१) अमन ठाकुर– राजबिराज नगरपालिका– २
२) श्रवण कुमार ठाकुर– राजबिराज नगरपालिका– २
३) उद्द्ब ठाकुर– राजबिराज नगरपालिका– २
४) दिवस कान्त पन्डित– सिराह भगवानपुर– १
५) दुर्गा नन्द चौधरी– राजबिराज नगरपालिका– ९
६) दुर्गा नन्द यादब– राजबिराज नगरपालिका– ९
७) नितिदिता चौधरी– सप्तरी
८) सुगम चौधरी– सप्तरी
९) सन्तोश सरदार– सप्तरी राजविराज
१०) मनोज ठाकुर– मधुवन बिहार भारत
११) गणेश ठाकुर– मधुवन बिहार भारत
१२) गौरी शंकर ठाकुर– मधुवन बिहार भारत
१३) अभिषेक चौधरी– मधुवन बिहार भारत
१४) सुशिल यादब– सप्तरी राजविराज
१५) सुरेन्द्र कुमार यादब– सप्तरी राजविराज

salt training

कमेन्ट गर्नुहोस्