१५ असार २०८३, सोमबार

ललितपुरका नापी सर्वेक्षकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २३, २०८१
काठमाडौं
ललितपुरका नापी सर्वेक्षकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।​​​

सेवाग्राहीसँग घुस लिएर भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सर्वेक्षक यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल सेवाग्राहीसँग लिएको ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतीराम सुवेदी र लेखापढी सेन्टरका सञ्चालक भुजेलसमेतको मिलोमतोमा उनीहरूले घुस लिएका थिए ।

जग्गा हालसाबिक गराउनका लागि उनीहरूले सेवाग्राहीसँग घुस लिएका थिए ।

आयोगले उनीहरूविरुद्ध ४ लाख रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्