०४ असार २०८३, बिहीबार

प्रहरीद्वारा बिलविजक नभएका खाद्य सामग्री बरामद

साउन २३, २०८१
काभ्रेपलाञ्चोक
प्रहरीद्वारा बिलविजक नभएका खाद्य सामग्री बरामद

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित प्रहरी जाँचको क्रममा आवश्यक बिलविजक तथा कागजात नभएका खाद्य सामग्री बरामद गरिएको छ ।

प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठकानुसार महेन्द्रनगर धनुषाबाट काठमाडौँ आउँदै गरेको मधेस प्रदेश ०२–००१ ख ०२१८ नम्बरको ट्रकसहित सामग्री बरामद गरिएको हो । जाँचको क्रममा ब्यञ्जन बास्मती चामल २० किलोको पाँच बोरा, अन्नपूर्ण चामल २५ किलोको ४० बोरा, दाल ३० किलोको १८ बोरा र २५ किलोको सात बोरा, केराउ ३० किलाको पाँच बोरा र चिनी ५० किलोको एक सय ५० बोरा रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

बरामद गरिएको खाद्यान्नसहित नियन्त्रणमा लिएको ट्रक आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्