
राष्ट्रिय भू–संरक्षण दिवसका अवसरमा बेदकोट नगरपालिका-३ स्थित जयशंकर सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । सामुदायिक वनका उपभोक्ताले बिहीबार वृक्षारोपण गरेका हुन् ।
सामुदायिक वनको अतिक्रमण खालीगरी २ दशमलव ११ हेक्टर वन क्षेत्रमा तीन हजार विरुवा रोपिएको स्थानीयले बताएका छन् । विभिन्न प्रजातिका विरुवा रोपिएको उनीहरूको भनाइ छ । तस्बिर : रासस