२९ जेठ २०८३, शुक्रबार

कान्ति लोकपथमा पहिरो हटाएपछि सञ्चालनमा आए साना सवारीसाधन

साउन २७, २०८१
काठमाडौं
कान्ति लोकपथमा पहिरो हटाएपछि सञ्चालनमा आए साना सवारीसाधन

मकवानपुर– पहिरोले अवरुद्ध भएको कान्ति लोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन् ।

ललितपुरको बागमती गाउँपालिका–६ रातो पहाडनजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको भट्टेडाँडास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो पूर्णरुपमा पन्छाउन बाँकी रहेकाले अनुकूल मौसम रहेमा साँझसम्ममा ठूला सवारीसाधनलाई पनि सञ्चालनको अनुमति दिइने मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ओम पण्डितले बताए ।

यसैगरी, मकवानपुरतर्फको भीमफेदी गाउँपालिका–८ महादेवटारमा दुवैतर्फको सडकमा पर्खाल, ढल निर्माण जारी छ । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–कुलेखानी सडक सञ्चालनमा छ भने पूर्व–पश्चिम राजमार्गमा पनि सवारीसाधन सञ्चालनमा रहेका उनले जानकारी दिए । –रासस–
 

कमेन्ट गर्नुहोस्