काठमाडौँ, १२ कात्तिक- छठको अर्घ समाप्तिपछि काठमाडौं जान हतारिएका सन्जितकुमार झा शुक्रबार दिउँसो नै विद्युतीय रिक्सा चढेर राजविराज गए, कान्तिपुरमा खबर छ ।

निस्कने बेलामा सबै मान्यजनको खुट्टा ढोग्दै आर्शिवाद लिए र समय लिाएर आउने बाचा पनि गरे ।
तर शनिबार बिहान धादिङको त्रिशुलीमा बस दुर्घटनामा परेपछि उनीसहित परिवारका ४ सदस्यको निधन भयो ।
दुर्घटनामा ३५ बर्षीय सन्जित, उनका कान्छा भाई ३० बर्षीय अन्जित, सन्जितकी श्रीमती सिम्मी र सिन्जतका जेठा छोरा ८ बर्षीय अभिनवको निधन भएको छ ।
सिन्जताका कान्छा छोरा ८ बर्षीय प्रतीक बेपत्ता छन् ।
८० बर्षीय बुद्ध पिता पण्डित रमानाथलाई उनीहरुको निधन भएको जानकारी दिएको छैन ।
रमानाथ छोरा बुहारी काठमाडौं पुगेको फोन आउला भनेर कुरेर बसेका छन् ।
तिलाठीका वाडाध्यक्ष दिनेश मिश्रले भने, पण्डितजीको बुढेसकालको लौरो खोसियो, दैव बडो निष्ठुरी हुँदो रैछ ।