
नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोका–कोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूको लागि फेरि अर्को विशेष अफर ल्याएको छ ।
यो सीमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’अन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले रु. १९९ को छुट पाउने कम्पनीले जनाएको छ ।
साथै २.२५ लिटरको प्याक भने मात्र रु.२५० मा खरिद गर्न सकिनेछ जसको खास मूल्य रु. २७० छ ।
२ र २.२५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाई र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुन्छ ।
उपभोक्ताहरूले नजिकैको खुद्रा बिक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गरी यस मेगा डिस्काउन्टको भरपूर फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।