०६ असार २०८३, शनिबार

एक वर्षमा सङ्घीय प्रणाली अनुकुल ऐन बनाउने सञ्चारमन्त्रीको प्रतिबद्धता

साउन २७, २०८१
काठमाडौं
एक वर्षमा सङ्घीय प्रणाली अनुकुल ऐन बनाउने सञ्चारमन्त्रीको प्रतिबद्धता

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्र मन्त्रालयअन्तर्गतका सबै ऐन सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकुल हुने गरी संशोधन गर्ने बताएका छन् । 

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज)को २५औँ स्थापना दिवसका अवसरमा उनले पञ्चायतकालमा बनेका सञ्चार ऐनबाट लोकतन्त्रको सुदृढ हुन नसक्ने धारणा राखे । 
उनले मिडिया विधेयक छिटोभन्दा छिटो संसद्बाट पारित गर्ने गरी तयारी भइरहेको जानकारी दिए । 

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले लोकतन्त्र स्थापनामा गरेको योगदानको चर्चा गर्दै मन्त्री गुरुङले सङ्घीय संरचनाको लाभ कति उठायौँ भन्नेमा समीक्षा जरुरी रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्