०६ असार २०८३, शनिबार

खुल्यो जयपृथ्वी राजमार्ग

साउन २७, २०८१
बझाङ
खुल्यो जयपृथ्वी राजमार्ग

लगातारको वर्षापछि खसेको पहिराका कारण अवरुद्ध बनेको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलेको छ । 

 सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो पन्छाइपछि यातायात सञ्चालन भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्