१७ असार २०८३, बुधबार

पेरिस ओलम्पिक सकियो, अमेरिका शीर्ष स्थानमा

साउन २८, २०८१
काठमाडौं
पेरिस ओलम्पिक सकियो, अमेरिका शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ सकिएको छ । जुलाई २६ मा औपचारिक रूपमा शुरू भएको ओलम्पिक गएराति समापन गरिएको हो । 

ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन् । तर, अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो । 

कुल १२६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो ।

यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ ।

null

जापान तेस्रो भएको छ । जापानले २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो । अस्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेर चौथो भएको छ ।

आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ । कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ । पेरिस ओलम्पिक २०२४ मा सहभागी २०६ मध्ये ६२ देशले स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्