×

काठमाडौं जिल्ला अदालतको आदेशमा प्रश्न

न्यायाधीश डा. आचार्यको एक आदेश विवादमा, सामाजिक सञ्जालमै बहस छेड्दै कानून व्यवसायी

काठमाडाैं | साउन २८, २०८१

चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले गरेको एक आदेशलाई लिएर विवाद उत्पन्न भएको छ ।

Laxmi Bank

वादी काठमाडौं महानगरपालिका वडा नम्बर ३ की भुष्णकला गुरुङले ललितपुर महानगरपालिका वडा नम्बर ३ की भजनकुमारी गुरुङविरुद्ध दिएको चेक अनादर मुद्दाको पहिलो पेशीमै न्यायाधीश आचार्यले गरेको आदेशलाई लिएर बहस भइरहेको हो ।


Advertisment

२०८० फागुन १० गते दर्ता भएको मुद्दा २०८१ असार ३० गते न्यायाधीश दीनबन्धु बरालको इजलासमा पेशी तोकिएको थियो । तर, त्यसदिन हेर्न नभ्याइनेमा पर्‍यो ।


Advertisment

त्यसपछि दोस्रोपटक २०८१ साउन १४ गते न्यायाधीश आचार्यको इजलासमा पेशी तोकिएको थियो । उक्त पेशीमा भएको पहिलो सुनुवाइमा न्यायाधीश आचार्यले ५ बुँदे आदेश गरेका थिए ।

वादीलाई सक्कल चेक दाखेल गर्न लगाउनू, वादीको चेक अनादर भएको हो/होइन भन्ने सम्बन्धमा चेकको फोटोकपी समेत संलग्न गरी पठाएर सम्बन्धित बैंकबाट जवाफ लिनू, वादी प्रतिवादीका साक्षीहरू निजहरूमार्फत झिकाइ बकपत्र गर्नू भन्ने आदेश भएको छ ।

'यसमा सर्वप्रथम मिसिल अध्ययन गर्दा वादी–प्रतिवादीहरूका बीचमा मेलमिलाप गर्न वाञ्छनीय देखिँदा दुवै थर कारणीलाई मेलमिलापमा छलफलका लागि पठाउनू । मेलमिलाप छलफलको प्रगति समीक्षा गरी पछि म्याद थप हुने गरी हाल २१ दिनको समय निर्धारण गरिएको छ । मिलापत्र भए सोहीबमोजिम र नभए प्रतिवेदन प्राप्त गरेर अन्य आदेश कार्यान्वयन गरी पेश गर्नू,' आदेशमा उल्लेख छ ।

त्यसैगरी, आदेशको पाँचौं बुँदामा भनिएको छ, 'मेलमिलापमा छलफलका लागि कारणी नै आवश्यक पर्ने हुँदा वारेसहरूलाई कारणी झिकाउन १० दिनको तारेख दिनू । मूल कारणी उपस्थित नभए वा उपस्थित नगराए आदेशको अवज्ञा गर्ने पक्षको तारेख टुटाइदिनू ।'

आदेशको पाँचौं बुँदालाई लिएर कानून व्यवसायीहरू बहसमा उत्रिएका छन् ।

कानून व्यवसायी यज्ञमणि न्यौपानेले सामाजिक सञ्जाल फेसबूकमा नै उक्त आदेशमा न्यायाधीशको कार्यक्षमताको अभाव देखिएको भनेर लेखेका छन् ।

'चेक अनादर मुद्दामा तारेख टुटाइदिनू भनेर आदेश गर्ने अधिकार न्यायाधीशमा अन्तर्निहित अधिकार हो कि होइन भन्ने बहस जरुर शुरू भएको छ,' अधिवक्ता न्यौपानेले लेखेका छन् ।

null

यसै विषयमा लोकान्तरसँग कुरा गर्दै न्यौपानेले मेलमिलापका लागि पक्षलाई बाध्य पार्न नमिल्ने बताए ।

'मेलमिलाप गर्ने पक्षहरूको अधिकारकै कुरा हो, तर मेलमिलाप गर नै भनेर बाध्य पार्न सकिँदैन । पक्ष/विपक्ष नआए तारेख नै टुटाइदिनू भनेर आदेश गर्नु उपयुक्त हुँदैन कि भन्ने लागेर विचाराधीन मुद्दामा बौद्धिक बहसका लागि भनेको हुँ ।'

न्यौपानेले लेखेको स्टाटसमा न्यायपरिषद सचिवालयका प्रवक्ता समेत रहेका अशोककुमार क्षेत्रीले कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिएका छन् । 'पक्षको सहभागिता अनिवार्य परेछ । अक्सर  मेलमिलापले पक्ष नै माग्छ । यथासम्भव आदेश पालना गरी पक्ष उपस्थित गराउनु नै बेस देखिन्छ । तारेख टुट्न दिनुहुँदैन ।'

null

उनको कमेन्टमा अर्का कानून व्यवसायी लेखनाथ भट्टराईले लेखेका छन्, 'तर, पक्ष आउन नसक्ने अवस्थामा छ वा आउन चाहन्न भने बाध्य पार्ने वा तारेख टुटाइदिने कानून छैन । कानून बन्यो भने पनि गलत कानून बनेको मानिनेछ ।'

त्यसैगरी, अर्का एक कानून व्यवसायी दीपकराज जोशीले लेखेका छन्, 'वारेसमार्फत पनि मिलापत्र हुनसक्छ नि हजुर ! तारेख नै टुटाइदे भन्दा पक्षले न्याय कसरी पाउँछ ? पक्ष विदेशमा छ भने झन् बर्बाद हुन्न र ?'

त्यसैगरी अर्का कानून व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले लेखेका छन्, 'यहाँ श्रीमानले मेलमिलापबाट नै मुद्दा टुंग्याउन खोज्नुभएको जस्तो लाग्छ । मेलमिलाप कुनै बाध्यकारी व्यवस्था होइन होला । यस्तो अवस्थामा मेलमिलापमा उपस्थित नभए तारेख टुटाउने आदेश न्यायपूर्ण लागेन । जिल्लाको कुरा नै अन्तिम नहुने हुँदा उच्च र सर्वोच्च अदालतले न्याय देला नि !'

उक्त मुद्दामा ३० लाख रुपैयाँको चेक अनादर भएको दाबी गरिएको छ । वादी उपचारका लागि भारत गएको हुनाले आदेशबमोजिम उपस्थित गराउने तयारी गरेको वादी पक्षका कानून व्यवसायीले लोकान्तरसँग बताए ।

काठमाडौं जिल्ला अदालतका एक कर्मचारीसँग यस विषयमा सोध्दा उनले कुनै प्रतिक्रिया दिन मानेनन् ।

असार ३०, २०८१

२६ वर्षअघि तीन जनाको नाममा दर्ता गरिएको नवलपरासीको साबिक गैडाकोट गाविसको वडा नम्बर १ (क)को कित्ता नम्बर ९९ को ९३ रोपनी जग्गा पुनः सरकारी कायम भएको छ । सर्वोच्च अदालतले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

x